राजविराजमा बजाजका ‘एन १६०’ र ‘एन २५०’ बाइक : आधाको आधा दाममै

राजविराज । बजाज कम्पनीले थप दुई सिरिजका नयाँ पल्सर बाइक नेपाली बजारमा ल्याएको छ । बडादशैं पर्व लक्षित कम्पनीले सुरु गरेको ‘आधाको आधा’ योजनाअनुसार दुवै सिरिजका नयाँ बाइकको बुकिङ्ग राजविराजमा पनि सुरु भएको छ ।

राजविराजका लागि आधिकारिक बिक्रेता खान अटोमोवाइल्स् एण्ड इलेक्ट्रोनिक्स प्रालिले मंगलबार एक समारोहको आयोजना गरी पल्सरका ‘एन १६०’ र ‘एन २५०’ सिरिज बाइक सार्वजनिक गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहका राजविराज नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत प्रविण र अटोमोवाइलका सञ्चालक कलिम खानले संयुक्त रुपमा दुवै सिरिजको बाइक स्टार्ट गर्दै सार्वजनिक गरेका हुन् ।

समारोहमा अटोमोवाइलका सञ्चालक खानले दुवै बाइकको बुकिङ्गबारे जानकारी गराएका छन् । उनले ‘एन १६०’ सिरिजको मूल्य ३ लाख ७९ हजार ९ सय र ‘एन २५०’ सिरिजको मूल्य ४ लाख ८९ हजार ९ सय रहेको बताए ।

उनले बडादशैं लक्षित ल्याइएको योजना अन्तर्गत मूल्यमध्ये ‘आधाको आधा’ (२५ प्रतिशत) डाउन पेमेण्टमै बाइकको बुकिङ्ग खुलाइएको बताए । ‘बडादशैं लक्षित योजनामा ७ हजार नगद छुट, फाइनान्स आदीको सुविधा रहेको छ’ उनले भने । सो समारोहमा सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रवाल, व्यवसायी अनवर अली लगायतको उपस्थिती थियो ।

यसअघि भदौ ३० गते बजाजको ‘एनएस १२५’ सिरिजका बाइक सार्वजनिक भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस