डेंगुको संक्रमण बढ्दो, एकैदिन ४ जनाको मृत्यु

जनकपुरधाम । देशभर देखिएको डेंगुको संक्रमण बढ्दै गएको छ । संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, देशभर संक्रमितको संख्या २७ हजार नाघेको छ । मन्त्रालयका अनुसार यो वर्ष अहिलेसम्म २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको छ ।

हालसम्म बागमती प्रदेशमा २१ हजार ५८९, लुम्बिनीमा प्रदेशमा ३ हजार ५०, सुदूरपश्चिम प्रदेशमा ८२१ जनामा डेंगु पुष्टि भएको छ । त्यस्तै, गण्डकीमा ६ सय ५३, मधेश प्रदेशमा ४०५ र कर्णाली प्रदेशमा २३६ जनामा संक्रमण देखिएको छ ।

हालसम्म डेंगुका कारण ३६ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस