लोसपाकी कार्यकारिणी सदस्य चन्दा चौधरी काँग्रेसमा प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी केन्द्रीय कार्यकारिणी सदस्य चन्दा चौधरी नेपाली काँग्रेसमा प्रवेश गरेकी छन् ।

बुधबार साँझ बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु राणाले चौधरीलाई पार्टीको क्रियाशील सदस्यता दिएर स्वागत गरेका हुन् ।

उनी २०७४ सालमा तत्कालीन राजपाबाट समानुपातिक सांसद बनेकी हुन् । राजपा र समाजवादी पार्टी एकता भएर गठन भएको जसपा विभाजन भएपछि उनी लोसपामा लागेकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस