सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वत: खारेज हुने

बाँके। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सार्वजनिक पदमा बसेका व्यक्तिको उम्मेदवारी स्वतः खारेज हुने बताएका छन् ।

नेपालगन्जमा आयोजित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको प्रशिक्षणमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले उम्मेदवारले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य हुँ भन्न नपाउने बताए ।

प्रतिनिधि सभाको म्याद सकिँदा समेत सभामुखजस्तो गरिमामय पद ओगटेर विवादमा मुछिएका अग्निप्रसाद सापकोटाप्रति लक्षित गर्दै प्रमुख निर्वाचन अधिकृत थपलियाले भने– ‘कसैले पनि कात्तिक २४ गतेदेखि प्रतिनिधि सभा र प्रदेश सभाको सदस्य हुँ र उम्मेदवार पनि हुँ भन्न पाउँदैनन् । त्यतिबेला सार्वजनिक र उम्मेदवारी दुवैतिरको पद खारेज हुन्छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780