गठबन्धनमा सिट बाँडफाँड नमिले अन्य दलसँग तालमेल गर्ने जसपाको निर्णय

जनकपुरधाम, १५ असोज । जनता समाजवादी पार्टी (जसपा)नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्न नसकिए एक्लै निर्वाचनमा भाग लिने निर्णय गरेको छ।

पाँच दलिय गठबन्धनमा सिट बाँडफाँड गर्ने सम्बन्धनमा छलफल भइरहेको र हालसम्म सिट बाँडफाँड संतोषजनक नरहेको जसपाका प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिए । सो विषयहरुलाई लिएर आज (शनिवार) बसेको पार्टीको बैठकले त्यस्तो निर्णय गरेको उनले बताए ।

अन्य राजनीतिक दलसँग पनि विकल्पको रुपमा चुनावी तालमेल गर्नसक्ने सम्भावना सहितको निर्णय भएको प्रवक्ता सुमनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस