इजाजत प्राप्त हातहतियार बुझाउन सिडिओको निर्देशन

राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीले इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापाले जरुरी सूचना जारी गरी सो निर्देशन जारी गरेको हो ।

आगामी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, सुरक्षित, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु उक्त निर्वाचन सकिएको एक हप्ता पश्चात फिर्ता लैजान गरी बुझाउन सूचनामा भनिएको छ ।

सो हातहतियाहरु कातिक ५ गतेभित्र नजिकको प्रहरी इकाइ मार्फत वा सोझै जिल्ला प्रहरी कार्यालयमा वुझाउन निर्देशन जारी गरिएको हो ।

सप्तरीमा क्षेत्र नं १, २, ३ र ४ गरी चार वटा प्रतिनिधि सभा निर्वाचन र ८ वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरु रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस