बरदानले पनि पाए जलवायुमैत्री युवा उद्यमशिलता अवार्ड

जनकपुरधाम । जलवायुमैत्री युवा उद्यमशिलता अवार्ड बरदान श्रेष्ठ सहितकालाई प्रदान गरिएको छ ।

शुक्रवार जनकपुरधाममा आयोजना गरिएको एक समारोहबीच सो अवार्ड प्रदान गरिएको हो । युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपाल, युथ इनोभेटिव ल्याब, रेस्टलेस डेभलोपमेन्ट, सीडीएमएसले सो समारोहको आयोजना गरेको थियो ।

जलवायुमैत्री युवा उद्यमशिलता समारोहमा नवप्रवर्तक उद्यमीहरुमध्ये बरदानसहित उत्कृष्ट ६ जना युवालाई उद्यमी अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ । उद्योग, वन तथा पर्यटन मन्त्री शत्रुघन यादव समेतको सहभागीतामा आयोजना गरिएको समारोहमा पत्रकार तथा सामाजिक अभियन्ता माला राय र नेपाल युवा परिषद्का प्रशासकीय प्रमुख रमाकान्त शर्मा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

सो समारोहमा बरदानले ‘पिओर वाटर क्ले फिल्टर’बारे आफ्नो आइडिया प्रस्तुत गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस