निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा निर्वाचनको खर्च सीमा

जनकपुरधाम । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ ।

आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या, मतदान केन्द्रको सङ्ख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई विद्यमान कानूनबमोजिम निर्वाचनका लागि खर्चको हद तोकेको हो । आयोगको निर्णय अनुसार २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रूपैयाँ खर्च गर्न पाउनेछन् ।

५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले ३१ लाख र ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले २९ लाख रूपैयाँ खर्चन पाउनेछन्। १७ वटा निर्वाचन क्षेत्रको खर्च २७ लाख रूपैयाँ कायम गरिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए ।

‘हामीले तीन आधारमा उम्मेदवारका खर्च तोकेका छौं। उम्मेदवारले अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत खर्च गर्नुपर्नेछ,’ उनले भने । आयोगले मतदाता संख्या, निर्वाचन क्षेत्रको क्षेत्रफल र मतदान केन्द्रका आधारमा क्षेत्रअनुसार खर्च निर्धारण गरेको हो ।

चुनावी प्रयोजनका निम्ति छुट्टै खाता खोल्न आयोगले दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ । ३३ लाख रूपैयाँसम्म खर्च गर्न पाउने क्षेत्र तप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा, रामेछाप, काभ्रे १ र २, मकवानपुर १ र २, गोरखा १, लमजुङ, अर्घाखाँची, रोल्पा, प्युठान, दाङ १, बर्दिया १ र २, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बझाङ, डोटी र बैतडी छन्।

३१ लाख रूपैयाँ खर्च गर्न पाउने क्षेत्र इलाम १ र २, झापा २, ३ र ५, भोजपुर, धनकुटा, मोरङ १, २ र ३, सुनसरी १ र २, ओखलढुंगा, उदयपुर १, सर्लाही १ र ३, बारा १, सिन्धुली १ र २, धादिङ १ र २, नुवाकोट १, सिन्धुपाल्चोक १ र २, चितवन १ र ३, कास्की ३, तनहुँ २, स्याङ्जा १, नवलपरासी बर्दघाट सुस्ता पूर्व १ र २, म्याग्दी १, पर्वत १, गुल्मी १, रुपन्देही १ र ५, कपिलवस्तु १ र २, दाङ २ र ३, बाँके १, मुगु, जुम्ला, कालीकोट, सुर्खेत १ र २, रुकुम पश्चिम, बाजुरा, कैलाली ४, दार्चुला र डडेलधुरा छन्।

२९ लाख रूपैयाँ खर्च गर्न पाउने क्षेत्रमा झापा १ र ४ , मोरङ ४, ५ र ६, सुनसरी ३ र ४, उदयपुर २, सप्तरी २, ३ र ४, सिराहा १,२,३ र ४, धनुषा १, २, ३ र ४, महोत्तरी १, २, ३ र ४, सर्लाही २ र ४, रौतहट १, २, ३ र ४, बारा २, ३ र ४, पर्सा ४, नुवाकोट २, भक्तपुर १, चितवन २, गोरखा २, कास्की १, स्याङ्जा २, मुस्ताङ, बाग्लुङ २, गुल्मी २, पाल्पा १ र २, रुपन्देही २, ३ र ४, कपिलवस्तु ३, बाँके २ र ३, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम १ र २, दैलेख १ र २, अछाम १ र २, कैलाली १, २, ३ र ५, कञ्चनपुर १, २ र ३ छन् ।

२७ लाख रूपैयाँसम्म खर्च गर्न पाउने क्षेत्र तेह्रथुम, पर्सा १, २ र ३, रसुवा, काठमाडौं २, ४, ५, ९ र १० भक्तपुर २, ललितपुर २ र ३, मनाङ, कास्की २ र रुकुम पूर्व छन्। २५ लाख रूपैयाँ खर्च गर्ने क्षेत्रमा काठमाडौं १, ३, ६, ७ र ८ छन् ।

आयोगको निर्णय अनुसार प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारले २ लाख रूपैयाँ र प्रदेशसभाकाले १ लाख ५० हजार रूपैयाँ खर्च गर्न पाउँछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस