यस पटक चुनाव नलड्ने डा.बाबुरामको घोषणा

जनकपुरधाम–नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनाव नलड्ने घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमा आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुलाई सम्बोधन गर्दै चुनाव नलड्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘आगामी २०७९ मंसिर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु,।’ २०६४, २०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएकोमा उनले आभार व्यक्त गरेका छन् ।

यद्यपि आफूले चुनाव नलड्ने घोषणा गरेपनि राजनीति भने नछाड्ने उनले बताएका छन् । ‘चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन ! कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्न/भन्न सक्छन्। सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन,’ उनले भने, ‘तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो । म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु। पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस