मधेश प्रदेशसहितका स्थानमा चट्याङसहित वर्षाको सम्भावना

जनकपुरधाम । देशभरको मौसम आज बदली भइ अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर रहेकाले मनसुनी गतिविधि सक्रिय रहेको मौसम विदले बताएका छन् । अहिले प्रदेश १, मधेस प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम विदले बताएका छन् ।

दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै राति देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विदले बताएका छन् ।

आगामी २४ घण्टामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम विदले आग्रह गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस