एमालेसँग चुनावी तालमेल रहेपनि मुद्दामा आ–आफ्नो सहमति–असहमति छँदैछः उपेन्द्र

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुद्दाको विषयमा आ–आफ्नो सहमति र असहमति रहेपनि नेकपा एमालेसँग चुनावी तालमेल मात्रै रहेको बताएका छन् ।

सप्तरीको राजविराजमा आइतवार उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘मुद्दा वा विचारधाराको विषयमा आ–आफ्नो सहमति र असहमति छँदैछ’ उनले भने, ‘यसले एमालेसँगको चुनावी तालमेलले छेक्दैन ।’

यसअघि प्रतिनिधिसभा विघटन भएपछि एमालेले प्रतिगमण गरेको भन्दै जसपाले विरोध गरेका थिए । त्यस्तै, पछिल्लो पटक नागरिकता विधेयक पारित गर्न पनि एमालेले असहयोग गरेको भन्दै जसपाले असन्तुष्टि जनाउँदै आएका थिए ।

सप्तरी–२ बाट पुनः उम्मेदवारी

अध्यक्ष यादवले पुनः सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवार दिएका छन् । यसअघिको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट उम्मेदवारी दिएका थिए ।
उम्मेदवारी दिँदै उनले जिल्लाको समग्र विकासका लागि आफुले पुनः उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।

 

Author:



क्याटोगरी छान्‍नुहोस