डा.सिके राउत दाजुभाइ नै उम्मेदवार

राजविराज – जनमत पार्टीका अध्यक्ष डा.सिके राउत दाजुभाइ नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

राउतका दाजु डा.जयकान्त राउतले पनि उम्मेदवारी दिएका हुन् । डा.जयकान्तले जनमत पार्टीबाटै सप्तरी निर्वाचन क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

डा.सिके भने सप्तरी निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

लामो समयसम्म कृषि अनुसन्धानमा समय विताएका डा.जयकान्त तत्कालिन स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच वार्ता गराई जनमत पार्टी स्थापना गराउने प्रमुख व्यक्तिको रूपमा चिनिन्छ भने पार्टी सञ्चालनमा पनि उनको भूमिका महत्वपूर्ण रहेको पार्टी श्रोतको भनाई छ ।

सुरेन्द्रले पाएनन् टिकट

तत्कालिन स्वतन्त्र मधेश गठबन्धनबाटै पार्टीमा लागेका सुरेन्द्र मधेशीले टिकट पाएको छैन् । उनी जनमत पार्टीका निर्वाचित केन्द्रीय सदस्य समेत थिए । तर, पार्टीले विश्वास नगरेपछि सरेन्द्रले स्वतन्त्र नै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराए ।

‘आफुले टिकट पाउने लगभग निश्चित नै थियो, खै कसले–के गरे, त्यो थाहा भएन । केन्द्रीय कार्यकारिणी समितिले जानून’ उनले भने, ‘सडक सघर्षदेखि अहिले पनि सघर्ष नै गर्दै आएको छु तर पार्टीले विश्वास नै नगरेपछि आफ्नो त चरित्र नै हत्या हुने जस्तो भयो, घर–घर पुगेर भोट भागेकै थिए अनि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिए ।’

सरेन्द्रले सप्तरी निर्वाचन क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780