संघका पूर्वमन्त्री उमेशले दिए प्रदेशमा उम्मेदवारी

राजविराज – पूर्व सिंचाई मन्त्री एवम् नेकपा माओवादीका नेता उमेशकुमार यादवले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । उनले सत्तारुढ गठबन्धनबाट सप्तरी निर्वाचन क्षेत्र नम्वर २ (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी पछि मधेशलाइभलाई प्रक्रिया दिँदै उनले पार्टीको निर्णयअनुसार नै आफुले एक कदम पछि हटेको बताए । ‘त्यस बेलाको बाम गठबन्धनको अवस्था फरक थियो र अहिलेको अवस्था फरक छ, पार्टी नेतृत्वबाटै आफुहरुले यो जिम्मेवारी पाएको हो’ उनले भने, ‘त्यसको लागि पार्टी नेतृत्व प्रति आभारी छु ।’

उनले प्रदेशमा रहेर पनि यहाँका जनताको सेवा गर्ने र प्रादेशिक संरचनालाई थप मजबुत र बलियो पार्ने अघि बढ्ने प्रतिवद्धता जनाए ।

‘हामी केन्द्रका राजनीति गरेका वा मन्त्री बनेकाहरु प्रदेशमा लड्नु हुनँ भन्ने कहाँ छ र?’ उनले भने, ‘विगतमा पनि हेर्नु न धेरै नेताहरु यसरी उम्मेदवारी दिएर निर्वाचित पनि भएका छन्, त्यसैले यसलाई अन्यथा नलिऊ ।’

प्रदेशमा पनि हाम्रो प्रतिनिधित्व हुनु जरुरी रहेको उनको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780