भेद्भाव र असमानतालाई जरैदेखि उखालेर फाल्ने क्रान्तिको आवश्यकता छ : उपेन्द्र

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले भेद्भाव र असमानतालाई जरैदेखि उखेलेर फाल्ने क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

जसपा सप्तरीले सोमवार राजविराजमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘मुलुकमा भएको विभिन्न आन्दोलनले राजनीतिक क्रान्तिको एक चरण पूरा भयो । संघीय गणतान्त्रिक गणतन्त्र स्थापना भयो ।’ उनले भने, ‘अब दोस्रो चरणमा भेद्भाव र असमानतालाई जरैदेखि उखेलेर फाल्ने क्रान्तिको क्रान्तिको आवश्यकता छ ।’

उनले समानताको अधिकार जनतालाई प्रत्याभूति गराउने अहिलेको क्रान्ति रहेको बताए । ‘राजनीतिक संघर्षले जनतालाई शक्तिशाली र गणतन्त्रलाई मजबुत बनाउँछ’ उनले भने, ‘कोही मधेशी, जनजाति÷आदीवासी, दलित वा मुस्लिम भएकै कारणले उपेक्षित हुनु नपरोस्, यस्तो शाषण प्रणाली ल्याउनुपर्छ र त्यसको लागि संविधानको संशोधन÷पुर्नलेखन जरुरी रहेको छ ।’

अध्यक्ष यादवले संघीय प्रणालीमा पनि परिवर्तनको आवश्यकता रहेको बताए । ‘यस बाहेक अहिले आर्थिक क्रान्तिको पनि आवश्यकता रहेको छ’ उनले भने, ‘गरिबी, बेरोजगारी र पिडछापनको अन्त्यका लागि आर्थिक क्रान्ति आवश्यक छ ।’

उनले तब मात्रै समाज विकासित भएर रुपान्तरित हुँदै विकासको बाटोमा उन्नमुख हुने बताए । ‘तब मात्रै सच्चा विकास र परिवर्तनको अनुभूति जनताले गर्छन्’ उनले भने, ‘जातिवाद वा अन्धविश्वासवादले समाजमा भइरहेको भेद्भाव परिवर्तन वा अन्त्य हुँदैन, यसकोलागि शिक्षाको जरुरी छ ।’

अहिले जसपाले शिक्षामा जोड दिएर अघि बढेको अध्यक्ष यादवको कथन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780