राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचा पत्र’ : जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने अवधारणा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते हुने निर्वाचनका लागि ‘वाचा पत्र’ सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी चुनावी वाचा पत्र सार्वजनिक गरिएको हो ।

पार्टीले स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । यस्तै, वाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ ।

पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा प्रतिबद्धता जनाएको छ ।

लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताए । उनले भने ‘हामीले गरेको बाचा पूरा नगरेमा के गर्नुहुन्छ त्यसको ड्राफ्ट तयार गरेर राख्नुहोला र तपाईंलाई के कारबाही गर्न मन छ, त्यसमा लेख्नुहोला, म हस्ताक्षर गरेर आउँछु । तपाईंहरुले त्यसलाई फ्रेममा राखेर राख्नुहोला ।’

Author:



क्याटोगरी छान्‍नुहोस