दुई चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवा

जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि गृह जिल्ला डडेल्धुरामा छन् । शुक्रबार बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जानकारी दिएको छ ।

यस्तै, देउवाले शनिबार बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आइतबार बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस