लघुकथा : चुनाव

लघुकथाकार : सुनिता निरौला पौडेल

‘चुनावमा पार्टी परिवर्तन गर्ने दुस्ट हुन् । म त खै? चुनावमा उठ्न मनै छैन ।’ भन्दै थियो हरियाली पार्टीको नेता जङ्गे । ‘हैन, हैन जंगे तिमीले यो चुनावमा उठ्नैपर्छ । हामी सबै गाउँले तिम्रो साथमा छौँ । तिम्रो जीत भयो भने तिमीले अझैं केही गर्छौ भन्ने ठुलो आस छ हामीलाई ।’

‘चुनाव जितेर पो के गर्नु, यो भन्दा अगाडिको नेताले भ्रष्टाचार र बदनाम गरेका छन् । आफ्नो जित भयो भने पनि उही बदनाम र भ्रष्टाचारी नेतामा गनिन्छु । राम्रो काम गर्दा पनि, यस भित्र खुट्टा तान्नेहरु धेरै छन्, भनी लामो सुस्केरा हालेर बस्यो उ ।’

सबैले चुनावमा उठ्नुपर्छ भन्दा नकार्न सकेन उसले । चुनावको मनोनयन उम्मेद्वारी दर्तामा उसको नाम परेको थियो । उत्साह र खुशी भएका गाउँलेहरु सबैजना त्यहाँ भेला भएका थिए । उसलाई एताउता नदेखेर फोन हानीरहेका थिए ।

‘कतिखेर आउने, हामी एतैतिर छौँ ।’ ‘हैन म आउंदैछु टेन्सन नलिनु भन्दै थियो उ ।’ बेलुका पाँच बजे नामावली निकाल्दा त ऊ ‘मालामाल’ पार्टीबाट उमेदवार भएर मालामाल भएको थियो ।

मध्यपुर ठिमी : राधे राधे (भक्तपुर)

Author:



क्याटोगरी छान्‍नुहोस