उमेश यादवको ६ ‘स’ को नीति : स्वास्थ्यदेखि सडक सञ्जालसम्म

राजविराज– संविधानको रक्षा, सुशासन र सप्तरीको विकासका लागि सप्तरी क्षेत्र नं २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार उमेशकुमार यादवले ६ ‘स’ को नीति लिएका छन् ।

बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रहेका यादवले शनिवार सो नीति सार्वजनिक गरेका हुन् । सो नीतिमा सेवा, स्वास्थ्य, शिक्षा, स्वरोजगार, सामाजिक सुरक्षा र सडक सञ्जाललाई समावेश गरेका छन् ।

त्यस्तै, आफु निर्वाचित भए टोल फ्री नम्बरसहितको सम्पर्क कार्यालय स्थापना गरी जनताका दैनिक समस्या बुझ्ने, ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सञ्चालन गर्ने र ६/६ महिनामा ‘नागरिक सम्मेलन’ गरी नागरिकको समस्या समाधान गरिने यादवले घोषणा गरेका छन् ।

संघ सरकारका पूर्व सिंचाई मन्त्री समेत रहेका यादवले सो बेला गरेका कार्यहरु उल्लेख गरेका छन् । सिंचाई मन्त्री हुँदा राजविराज विमानस्थल सञ्चालन, राजविराज–कुनौली सडकको स्तरोन्नती, राजविराज शहरी सडक निर्माण प्रक्रिया, आन्तरिक राजश्व कार्यालयको स्थापना लगायतका कार्य गरेको यादवले जानकारी दिए ।

त्यस्तै, खाँडो नदि नियन्त्रण, महुली/खडक/बलान आयोजना, चतरा ब्यारेज निर्माणको अध्ययन/सर्वे, राजविराज चक्रपथको निर्माण, लोखरम–लालापट्टी–सखडा सडक, सप्तरी जिल्लामा झोलुङ्गे पुल निर्माण तथा साविक ३ नम्बर क्षेत्रको लालापट्टी, मलहनियाँ, दमावती, हरिहरपुरलगायत क्षेत्रमा आरसिसी/झोलुङ्गे पुल निर्माणसहितका दिर्घकालिन विकास निर्माणका कामलाई अघि बढाएको पनि उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस