चुनाव बहिष्कार गर्दै विप्लव नेकपासहित तीन पार्टीले गरे आन्दोलनको घोषणा

जनकपुरधाम । चुनाव बिथोल्ने निर्णय गरेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायत तीन कम्युनिष्ट पार्टीले मंसिर ४ को निर्वाचन खारेजीको अभियानसहित आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपालगायत ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले निर्वाचनको विरोधमा संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

निर्वाचन खारेजी/बहिष्कारको गर्ने बताउँदै उनीहरूले आफूहरूको आन्दोलनमा सक्रिय सहभागिता जनाउन आह्वान गरेका छन् । यी तीन पार्टीले निर्वाचनको विरोधमा कात्तिक २४-३० गतेसम्म काठमाडौंलगायत बुटवल, इटहरी, बर्दिबास, पोखरा, सुर्खेत र धनगढीमा सभाको कार्यक्रम तय गरेका छन् । २६ देखि ३० गतेसम्म देशका विभिन्न स्थानमा कोणसभा र विरोध प्रर्दशन गरिने वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुतिले जानकारी दिए । अहिलको व्यवस्थाको विरुद्धमा र नयाँ व्यवस्थाको सुरुवातका लागि आफूहरूको संघर्ष भएको उनको भनाइ थियो ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले क्रान्तिपछि उपलब्ध भएका जनताको अधिकारहरू एकपछि अर्को गरी कटौटी हुँदै गएकाले अहिलेको व्यवस्थाप्रति आफूहरूको आन्दोलन भएको जिकिर गरे । मुलुकमा भ्रष्टाचार व्याप्त हुदै गएको, सामाजिक असुरक्षा हुदै गएको उनको भनाइ थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780