डा.सीकेले एकैदिन ७ वटा सभा सम्बोधन गर्दै

जनकपुरधाम – जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले सोमबार ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा ६ वटा चुनावी सभा र महोत्तरीमा एउटा गरी ७ वटा चुनावी सभालाई सम्बोधन गर्ने पार्टीका नेता बीपी साहले जानकारी दिए ।

उनका अनुसार डा.राउतले विहान महोत्तरी–४ (क) को श्रीपुरमामा सम्बोधन गर्नेछन् भने त्यसपछि धनुषामा चुनावी सभा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै, मंगलबार डा.राउतले सिरहा जिल्लाको विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता साहले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस