जनताले जिताउने कुरामा ढुक्क छु : उमेश यादव (भिडिओ)

राजविराज – सप्तरीको निर्वाचन क्षेत्र नम्वर २(ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार उमेशकुमार यादवले जनताले मत दिएर जिताउने कुरामा आफु ढुक्क रहेको बताएका छन् ।

आफलेु विगतमा गरेका कार्यहरुको जनताले अवश्यक मुल्यांकन गर्ने र आफुलाई नै मत दिने कुरामा ढुक्क रहेको उनको दावी छ । चुनावी अभियानमा रहेका यादवले भने ‘मेरा विगतका संघर्षहरु संविधानसभा र व्यवस्थापिका संसदमा मेले खेलेका भुमिकाहरु, सप्तरीको विकास लागि मैले गरेका कामहरु र विगतमा जनप्रतिनिधि भएपछि पनि जनतासँग रहेको निरन्तर सम्बन्धहरुलाई लिएर जनताले अवश्य नै मुल्यांकन गर्नुहुन्छ ।’

उनले आफु संघ सरकारका सिंचाई मन्त्री रहेको बेला यहाँका जनताका लागि राजविराज विमानस्थल सञ्चालन, राजविराज–कुनौली सडकको स्तरोन्नती, राजविराज शहरी सडक निर्माण प्रक्रिया, आन्तरिक राजश्व कार्यालयको स्थापना लगायतका कार्य गरेको बताए ।

उनले खाँडो नदि नियन्त्रण, महुली/खडक/बलान आयोजना, चतरा ब्यारेज निर्माणको अध्ययन/सर्वे, राजविराज चक्रपथको निर्माण, लोखरम–लालापट्टी–सखडा सडक, सप्तरी जिल्लामा झोलुङ्गे पुल निर्माण सहितका विकास निर्माणका कामलाई अघि बढाएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस