जसपाको चुनावी प्रचार : राजविराजमा ‘रोड शो’

राजविराज – जनता समाजवादी पार्टी (जसपा) नेपालले चुनावी प्रचार गर्न बुधवार राजविराजमा ‘रोड शो’ कार्यक्रमको आयोजना गरेको छ ।

‘रोड शो’मा सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका नेता/कार्यकर्ताको सहभागीता थियो । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आयोजना गरिएको ‘रोड शो’ अन्तर्गत स्थानीय तेतरीगाछी चौकबाट निस्किएका नेता/कार्यकर्ताहरुले बजार परिक्रममा गरेका छन् ।

सो कार्यक्रममा उपेन्द्रकी पत्नी पार्वती यादव, जिल्लाको निर्वाचन क्षेत्र नम्वर २ (ख)बाट प्रदेशसभा सदस्यका उम्मेदवार लक्ष्मण यादव, पार्टीका मधेश प्रदेश इन्जार्च मृगेन्द्रकुमार सिंह, प्रवक्ता मनिषकुमार सुमन, केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा लगायत सहभागी थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस