प्रदेश १ मा विहिबार सार्वजनिक बिदा

राजविराज – प्रदेश १ सरकारले बहालवाला मन्त्रीको निधन भएपछि बिहीबार सार्वजनिक बिदा दिएको छ। आन्तरिक मालिम तथा कानुन मन्त्रालयले बुधबार सूचना जारी गर्दै वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

सबै सरकारी कार्यालय र सार्वजनिक सङ्घ संस्थामा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको सूचनामा उल्लेख छ। मोरङ ३ (क) मा प्रदेशसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री थापाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस