मधेश प्रदेश : तीन महिनामा १ हजार ४५२ सवारी दुर्घटना, १३० जनाले ज्यान गुमाए

जनकपुरधाम – मधेश प्रदेशमा तीन महिनाको अवधिमा सडक दुर्घटनामा परेर १ सय ३० जनाले ज्यान गुमाएका छन् ।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्षको साउन, भदौ र असोजमा १ हजार ४५२ वटा सवारी दुर्घटना भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा ८९ जना पुरुष, २८ जना महिला र १३ जना बालबालिकाका रहेको पथलैयाका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

त्यस्तै, सोही अवधिमा आठ वटै जिल्लमा ट्राफिक नियमविपरित चलाएका ३ हजार ७२० सवारीधनिलाई कारवाही गरिएको छ । कारबाहीबाट २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रवक्ता भण्डारीले बताए ।

जुन गत आर्थिक वर्षको तुलनामा झन्डै ६ लाखले वृद्धि भएको हो । गत आर्थिक वर्षमा मधेश प्रदेश ट्राफिक प्रहरीले गरेको दुई हजार ९ सय ६९ सवारीसाधनको कारबाहीबाट १८ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस