सप्तरी–४ (ख) : डोम बस्तीमा छैन चुनावको उत्साह (भिडिओ)

राजविराज – चुनावी प्रचारका लागि उम्मेदवारहरु हुलका हुल बाँधेर गाउँमा आउने गर्दछन् । आ–आफ्नो चुनावी प्रचारको पर्चा पम्पलेट दिँदै भोटको लागि आग्रह गर्ने क्रम जारी छ । तर, सप्तरीको बोदे बरसाइन नगरपालिका–७ फुलहरा मरिक (डोम) बस्तीका विपन्न दलितहरुमा भने चुनावको कुनै उत्साह छैन् । कारण हो उनीहरुको गरिबी र दयनिय अवस्था ।

विहान खाए वेलुका के खाने भन्ने चिन्ताले नै पिरोलिएका ११ घर डोमहरु पुर्ख्यौली पेशा बाँसका सामग्री बनाएर नै गुजारा चलाउँदै आएका छन् भने गाउँमा खानेपानीको लागि ट्युबवेलसम्म नहुँदा उनीहरु २१ औं शताब्दीमा पनि पुरानो र जिर्ण इनारको धमिलो पानी खानु पर्ने बाध्यता खेप्दै आएका छन् ।

चुनावका बेला अनेक प्रतिवद्धता र आश्वासन लिएर थरीथरीका उम्मेदवार आउने गरेका भएपनि जितेर गइसकेपछि आफुहरु यसरी नै ठगिएर बस्नु परेको उनीहरुको गुनासो छ । बस्ती आगाडीको पोखरी वर्षाका बेला टिलपिल भरिएर भएका झुप्रा पनि डुवानमा पर्दा अहिलेसम्म पानी निकासको कुनै व्यवस्था नगरिएको, मरिक बस्तीमा आउँजाउँका लागि बाटोको स्तरोन्नति नभएको, रोजगारीको अभावले गर्दा भोकभोकै बस्नु परेको उनीहरु पीडा सुनाउँछन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780