उमेशलाई स्वतन्त्र उम्मेदवार निरजको समर्थन

राजविराज – सप्तरीको निर्वाचन क्षेत्र नम्वर २ (ख) मा स्वतन्त्र उम्मेदवारी दिएका निरजकुमार शाही (खडगी)ले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार उमेशकुमार यादवलाई समर्थन जनाएका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उमेश असल र उत्तम व्यक्ति रहेको भन्दै निरजले समर्थन जनाएको हुन् । ‘उहाँले संविधान सभा तथा व्यवस्थापिका संसदमा जनताको पक्षमा खेल्नु भएका भुमिका ऐतिहासिक र सम्मान योग्य छ’ निरजले भने ‘उहाँ सिचाइ मन्त्री हुँदाको बखत पनि सप्तरीको बिकासको लागि खेल्नुभएको भुमिकालाई पनि स्मरण गर्दै मैले उहाँलाई समर्थन दिएको हुँ ।’

यसअघि २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका समेत सिंचाई मन्त्री समेत रहिसकेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस