२०३६ सालदेखि हालसम्मको आन्दोलनका साक्षी पात्र पार्बती (भिडिओ)

राजविराज – २०३६ सालदेखि हालसम्म भएका राजनीतिक परिवर्तनहरुमा महत्वपूर्ण भूमिका निभाउने पात्र हुन् पार्बती यादव । आन्दोलनमा प्रहरीको कुटाईबाट टाउँकोमा टाँकाको चिन्ह तथा उनको जीउमा घाउका निसानहरु अझैं देखिन्छ । मधेश आन्दोलनका क्रममा बिराटनगरमा आयोजना हुने हरेका विरोध कार्यक्रममा उनी अग्रमोर्चामा आफुलाई उभ्याउँदै क्रान्तिकारी महिलाको रुपमा पहिचान बनाएकी छिन् । तर उनले कहिले पनि कुनै पदमा जान चाहिन । उनमा कुनै लोभलालच पनि देखिएन ।

देशकै एक ठूला नेताकी अर्धाङ्गिनी हुन् उनी । तर धेरैलाई थाहा छैन पार्बतीको विषयमा । उनले पनि आफुलाई कहिले पनि नेताको श्रीमती भनेर बडप्पन देखाईन । उनको घरमा जो कोही जाँदा आफै चियाको कप थमाउँदै ‘के छ हालखबर ? सञ्चै हुनुहुन्छ नि ? भन्दै सत्कार गर्छिन् । उनमा न कुनै छलकपट छ नत कुनै द्वेश नै ।

अद्भूत क्षमताकी धनी पार्बती २०३६ सालदेखि हालसम्मका आन्दोलनहरुका साक्षी पात्र हुन् । उनी लेखपढ गर्न जान्दैन तर उनीसँग करिब साढे चार दशकको राजनीतिक घटनाक्रम कण्ठस्थ छ । उनी हुन् उपेन्द्र यादवकी अर्धाङ्गिनी । आन्दोलनका क्रममा हाल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेट्घाट तथा छलफल गर्न त्यतिबेलाका ठूला नेताहरुको आउजाउ घरमा भईरहन्थ्यो, त्यसक्रममा पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनमोहन अधिकारी, साहना प्रधान, विद्या देवी भण्डारी लगायतका नेताहरुको सङ्घर्षयात्राले पार्बतीलाई झनै प्रभावित गर्यो । राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी बिराटनगरकै घरमा जन्म भएको पार्बतीले स्मरण सुनाईन् ।

उपेन्द्र यादवको राजनीतिक यात्रामा उनको ठूलो योगदान छ । विद्यार्थी जीवनकालदेखि नै राजनीतिमा लागेका घरपरिवारको जिम्मेवारीका साथै आन्दोलनका सहयोद्धा भएर साथ दिदैआएकी छिन् । उपेन्द्र धनकुट्टा जेलमा रहँदा पाँच दिनको नवजात शिशुलाई आफन्तको जिम्मा लगाएर डोकोमा किताब बोकेर पुर्याउने गर्थिन् ।

विद्यार्थी जीवनकालदेखि हालसम्म उपेन्द्र सङ्घर्षमै रहेको बताउँदै उनले भनिन् ‘राजनीतिमा लागेका कारण कहिले पनि वहाँले सुख सयलको जिन्दगी जीउनु भएन, सुकिलो मुकिलो लाउनु भएन, राजनीतिमा जे पनि हुनसक्छ, परिवर्तन निश्चित छ, आन्दोलनमै मारिए भने देशको लागि बलिदानी बुझिदिनु, बाँचे भने शोषित उत्पीडित जनताको मुक्ति ।’ मधेश जनविद्रोहका कमाण्डर उपेन्द्र यादवले जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय आधारमा कायम रहेका असमानता, शोषण, उत्पीडन र विभेदलाई अन्त्य गर्न वहिष्करणमा पारिएका मधेशी, आदिवासी, जनजाती, दलित, महिला, मुस्लिम, थारु, अल्पसङ्ख्यक समुदाय, पिछडावर्ग लगायत उत्पीडित, सिमान्तकृत समुदाय, जातीहरुको शोषण, उत्पीडनबाट मुक्तिका लागि जारी राखेको सङ्घर्ष यात्रामा पार्बती सहयोद्धा भएर साथ दिईरहेकी छिन् । प्रस्तुत छ आममहिलाहरुका लागि प्रेरणादायी व्यक्तित्व पार्बतीसँग गरिएको संक्षिप्त कुराकानीः

Author:



क्याटोगरी छान्‍नुहोस