मतदान अधिकृतहरूलाई आयोगले भन्यो- तटस्थ भएर काम गर्नू

जनकपुरधाम  । निर्वाचन आयोगले मंसिर ४ को चुनावमा खटिएका मतदान अधिकृतहरूलाई तटस्थ भएर काम गर्न निर्देशन दिएको छ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले चुनाव निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्वपूर्ण हुने बताए।

चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा आयोजित तालीममा बोल्दै उनले कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर गहनरूपमा महसुस गरेर काम गर्न निर्देशन दिएका हुन्।

मतदाताको सार्वभौम मतको उपयोगलाई सहजरूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगमैत्री बनाउन मंसिर १ गतेसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न उनले आग्रह गरेका थिए।

Author:



क्याटोगरी छान्‍नुहोस