सहिद परिवारको लागि विशेष योजना ल्याउँछु : डा.मधु गुप्ता

जनकपुरधाम । जनता समाजवाद पार्टीका नेतृ एवम् पर्सा क्षेत्र नम्बर ३ (ख) की प्रदेश सभा सदस्यकी उम्मेदवार डा.मधु गुप्ताले अधिकार प्राप्तिका लागि बलिदानी दिएका मधेशी सहिदको परिवारका लागि आफूले विशेष योजना ल्याउने प्रतिवद्धता जनाएकी छन् ।

चुनाव प्रचारका क्रममा मतदातासँग कुरा गर्दै उनले सो प्रतिबद्धता जनाएकी हुन् । उनले सहिदका परिवारका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको कुरा चुनावी प्रतिबद्धता पत्रमा नै समेटेको हुँदा निर्वाचित भइसकेपछि त्यसलाई कार्यान्वयनमा ल्याइने दावी गरिन् ।

घाइतेहरूको व्यवस्थित जिविकोपार्जनको व्यवस्था गर्न सरकार समक्ष पहल गर्ने समेत उनले बताइन् । मधेशलाई अधिकार प्राप्त बनाउन कतिपयले आफ्ना बुवा, भाइ, श्रीमान, कतिले छोरा गुमाएको हुँदा उनीहरूको समुचित व्यवस्थापन गर्नेतर्फ आफूले ध्यान दिने प्रतिवद्धता समेत उनले जनाइन् ।

गुप्ता पेसाले डाक्टर हुन् । उनले वीरगन्जको एक अस्पतालमा स्त्री रोग विशेषज्ञ रुपमा काम गरिरहेकी थिइन् । उनी सो पेसा छाडेर राजनीतिमा आएकी हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस