उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

जनकपुरधाम – आइतबार हुने मतदानका क्रममा मतदान केन्द्रमा उम्मेदवारका प्रतिनिधि मात्रै राख्न दिने भएको छ । यसअघि जिल्लामा क्रियाशील सबै दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न पाउने गरेकोमा यस पटकदेखि उम्मेदवारका प्रतिनिधिलाई मात्रै बस्न दिने निर्णय निर्वाचन आयोगले गरेको हो ।

आयोगको गत कात्तिक २९ गतेको बैठकले निर्वाचन निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरको हो । सोही निर्देशिका अनुसार प्रतिनिधि र प्रदेश सभाका उम्मेदवार वा निजका प्रतिनिधि मात्रै मतदान केन्द्रमा बस्न पाउने भएका छन् ।

उम्मेदवारले प्रतिनिधि चयन गरेको आधिकारिक पत्र देखाएपछि मात्रै प्रतिनिधिलाई मतदान केन्द्रमा बस्न दिइने भएको छ । संशोधित निर्देशिका सबै जिल्ला निर्वाचन कार्यालयहरुमा पठाइसकिएको र सोही अनुसार गर्न गराउन भनिएको आयोगले जनाएको छ । उम्मेदवार नभएका दलका प्रतिनिधिहरु मतदान केन्द्रमा बस्न नपाउने भएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780