महोत्तरीमा स्वतन्त्र उम्मेदवार सवार गाडीबाट डेढ लाख रुपैयाँ बरामद

जनकपुरधाम । महोत्तरीमा प्रहरीले स्वतन्त्र उम्मेदवार सवार गाडीबाट डेढ लाख रुपैया बरामद गरेको छ । शुक्रबार साँझ बर्दिवास ११ स्थित खयरमाराको पाँचे टोलबाट स्वतन्त्र उम्मेदवार विष्णु बहादुर योन्जन सवार गाडीबाट साे रुपैया बरामद गरेको हाे ।

महोत्तरी-१ ख बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रहेका योन्जनले आचारसंहिताविपरीत मतदातालाई प्रलोभन पार्न प्रयास गरिरहेको सूचनाका आधारमा बा १४ च ८८७४ नम्बरको स्कर्पियोमा खानतलासी गर्दा साे रकम बरामद गरिएको महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनिले जानकारी दिए ।

केही अन्य व्यक्तिहरुलाई लिएर हिँडेका योन्जनलाई प्रहरीले शनिबार स्पष्टीकरण सोध्ने गरी छाडेको महोत्तरी क्षेत्र नं १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । शनिबार स्पष्टीकरण सोधिने र चित्तबुझ्दो जवाफ नआएमा २५ हजारसम्म जरिबाना गर्न सकिने श्रेष्ठले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस