सप्तरीमा जसपाका समर्थक कुटिए

राजविराज – सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका समर्थकमाथि कुटपिट भएको छ । जिल्लाको खडक नगरपालिका–५ स्थित रन्जितपुरका ६० वर्षीय शैलेन्द्र कुमार यादवमाथि कुटपिट भएको हो ।

गए राति आफ्नै घरमा सुतिरहेको अवस्थामा सोही ठाउँका सुनित चौधरी र राधेश्याम चौधरीले कुटपिट गरेको यादवले बताए । ‘उनीहरुले आफ्ना उम्मेदवारलाई मत दिनुपर्छ र मैले हुँदैन भनेपछि कुटपिट गर्न थाले ।’, उनले भने ।

उनका अनुसार चौधरीद्वय नेपाली कांग्रेसका कार्यकर्ता हुन् । कुटपिटबाट टाउको चोट लागेर यादव घाईते भएपछि कल्याणपुरस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भर्ना गरिएको छ ।

घाइते यादवको अवस्था समान्य रहेको ईलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । घाटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस