मधेश प्रदेशसहित देशभर मतदान जारी

राजविराज – मधेश प्रदेशसहित देशभर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान जारी छ ।

आइतबार बिहानदेखि मतदान सुरु भएको हो । निर्वाचन आयोगले अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । त्यसबीचमा मतदान गर्न लाइनमा बसेका मतादाताले मत खसाल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले देशभर ७५ प्रतिशत मत खस्ने अनुमान गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस