सरकारमा जाने विषयमा जसपा खुल्ला छ : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने कि नजाने टुंगो निर्वाचनको परिणामपछि लाग्ने बताएका छन् ।
विराटनगर-१४ जतुवा मतदान केन्द्रमा गरेपछि यादवले एमालेसँग तालमेल मात्रै भएको बताए । उनले एमालेबाहेकसँग पनि सरकारमा जाने विषयमा जसपा खुल्ला रहेको संकेत गरे ।

यादवले भने, ‘अहिले नै सरकारमा जाने नजाने भन्ने भइसकेको छैन । पहिला परिणाम आउन दिनुस् । त्यसपछि सरकारमा जाने कि नजाने भनौंला । सरकारमा जाने कुरामा जसपा खुल्ला छ ।’ अध्यक्ष यादव सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस