राजविराज-११ मा रोकिएको मतदान पुनः सुचारु

राजविराज । सप्तरीको राजविराज नगरपालिका-११ स्थित वडा कार्यालयमा रहेको मतदान स्थलमा रोकिएको मतदान पुनः सुचारु भएको छ ।

विहानबाट सुरु भएको मतदान अन्तर्गत प्रतिनिधि सभाका सदस्यका लागि दिनुपर्ने मतपत्रको सट्टा प्रदेश सभाकै मतपत्र दिइएको थियो ।

सोही मतपत्र लिएर ३९ जनाले मतदान समेत गरिसकेका थिए । सोही कारणले मतदाताहरुले होहल्ला गरेपछि मतदान रोकिन पुगेको थियो ।

पछि सर्वपक्षिय छलफलबाट मतदान गरिसकेका ३९ जनाले पुनः प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने सहमति भएपछि पुनः मतदान सुचारु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस