देशभर ६१ प्रतिशत मतदान

जनकपुरधाम – निर्वाचन आयोगले देशभर आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको जनाएको छ ।

निर्वाचन आयोगले पौने ८ बजे पत्रकार सम्मेलन गरी ६१ प्रतिशत मत खसेको जानकारी गराएको हो । बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजे खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए। सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस