राजविराज – मधेश प्रदेशका ८ वटा जिल्लामा औसतमा ५३ दशमलव २५ प्रतिशत मत खसेको छ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरीमा ६२ प्रतिशत मत खसेको छ । यस्तै, रौतहटमा ६५ प्रतिशत, सिरहामा ६० प्रतिशत मत खसेको छ ।
धनुषामा ६२ प्रतिशत मत खसेको छ भने बारामा ६६, पर्सामा ५२ प्रतिशत, महोत्तरीमा ६५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मत खसेको छ । यद्यपी, पूर्ण तथ्यांक आउन केही समय लाग्ने जनाएको छ ।