सप्तरी–२ मा राउतको अग्रता, पछ्याउँदै यादव

राजविराज — सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको छ । सप्तरी २ मा जनमत पार्टीले अग्रता लिएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार दोस्रो र लोकतान्त्रिक समाजवादी पार्टी उम्मेदवार तेस्रो नम्बरमा छन् ।

सप्तरी २ मा हालसम्म जनमत पार्टीका अध्यक्ष समेत रहेका उम्मेदवार चन्द्रकान्त राउत (सीके)ले १ हजार २० मत प्राप्त गरेका छन् ।

जसपाका अध्यक्ष समेत रहेको उम्मेदवार उपेन्द्र यादवले ४५२ र लोसपाका जयप्रकाश ठाकुरले ३०८ मत प्राप्त गरेका छन् । कुल ९५ हजार २९४ मतदाता रहेको यस क्षेत्रमा ६७ दशमलव ५६ प्रतिशत मतदान भएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस