सप्तरी–२ (क) मा पनि जनमतकै सतिश निर्वाचित

राजविराज – सप्तरी क्षेत्र नम्वर २ (क) बाट जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंह निर्वाचित भएका छन् । सिंहले १६ हजार ७३४ मतका साथ निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र प्रसाद साहले ८ हजार २९२ मत ल्याएका छन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सरोजकुमार मण्डलले ६ हजार १३२ मत प्राप्त गरेका छन् । उता, २ (ख) मा पनि जनमत पार्टीकै उम्मेदवार निर्वाचित भएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस