सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउत निर्वाचित

राजविराज – सप्तरी क्षेत्र नम्वर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) निर्वाचित भएका छन् ।

उनले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई हराउँदै जित हासिल गरेका हुन् । राउतले ३५ हजार ४२ ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी यादवले १६ हजार ९७९ मत प्राप्त गरेका हुन् ।

त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए । यस क्षेत्रमा ६४ हजार २१९ मत खसेको थियो । जसमध्ये ३ हजार २९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस