बारा–४ बाट पूर्वमन्त्री श्रेष्ठ निर्वाचित

बारा – बारा क्षेत्र नम्वर ४ बाट पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार एकबाल मियालाई फराकिलो मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

गठबन्धनका उम्मेदवार श्रेष्ठले ३० हजार दुई सय ५६ मत प्राप्त गर्दा एकबाल मियाँले २० हजार दुई सय ७५ मत प्राप्त गरे । श्रेष्ठले ९ हजार ९ सय ८१ मतको फराकिलो मतान्तरले मियालाई पराजित गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा तनहुँ–१ बाट निर्वाचित भएका श्रेष्ठले यसपटक सो क्षेत्रबाट चुनाव लडेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस