चुनाव हारे पनि आफुहरुको नेता उपेन्द्र यादव नै हो : प्रदीप

जनकपुरधाम – नवनिर्वाचित सांसद प्रदीप यादवले चुनाव हारे पनि आफुहरुको नेता उपेन्द्र यादव नै रहेको बताएका छन् ।

निर्वाचित भएपछि प्रक्रिया दिँदै उनले भने, ‘चुनाव भनेकै हार जितको खेल हो, हार्ने वितिकै जसपाको अध्यक्ष हट्दैन । उहाँ हारे पनि आफुहरुको नेता उपेन्द्र यादव नै हो ।’

अर्को पटक जनताले विजयी गराउँछ नै भन्दै सांसद प्रदीपले मधेशको मसिहा पनि उपेन्द्र यादव नै रहने बताए । पर्सा–१ मा जनता समाजवादी पार्टीबाट निर्वाचित भएका प्रदीपले २२ हजार ५ सय ३७ मत ल्याएका छन् ।

यादव २०७४ मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । दोस्रोमा रहेका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९ सय १७ मत पाएका छन् । उनी कांग्रेसबाट विद्रोह गरेर उम्मेदवार बनेका थिए ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लोसपाका लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत मात्र पाएका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस