सप्तरी ३  : जसले तीन पटक हारे, चौथो प्रयासमा जिते

राजविराज । सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् ।

यादवले २६ हजार १६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० सय मत प्राप्त गरे ।

त्यस्तै, जनमत पार्टीका अनिश अंसारीले १५ हजार ११४ मत ल्याए । निर्वाचित भएका यादव यसअघि २०६४, २०७० र २०७४ मा लगातार तीन पटक सोही क्षेत्रबाट पराजित भएका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस