प्रदेशका मन्त्री सप्तरी-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

राजविराज । सप्तरी क्षेत्र नम्वर १ मा जनता समाजवादी पार्टी (जसपा) नेपालले जितेको छ । जसपाका उम्मेदवार नवलकिशोर साह प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

साहले निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतलाई हराएका छन् । निर्वाचित साहले २३ हजार ५६४ मत प्राप्त गरे । निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे ।

मधेस प्रदेश सरकारका समाजिक विकास मन्त्री समेत रहेका साह २०७४ मा सप्तरी १ (२) बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस