धनुषा–३ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित

धनुषा – धनुषामा क्षेत्र नम्बर ३ मा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएकी छन्।

सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर उनी निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छन् भने लोसपा नेता झाले २३ हजार छ सय ८६ मत प्राप्त गरेका छन् । महतोले पहिलोपल्ट प्रत्यक्ष निर्वाचनमा जित हासिल गरेकी हुन् ।

दुईपटक समानुपातिक सांसद हुँदै मन्त्रीसमेत बनेकी थिइन् । यससँगै धनुषाको चारमध्ये दुई सिटको मत परिणाम आउँदा एक कांग्रेस र एक एमालेको भागमा परेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस