बारा–३ मा ज्वाला साह निर्वाचित

बारा – बारा क्षेत्र नम्वर ३ मा नेकपा एमालेकी ज्वालाकुमार साह निर्वाचित भएकी छन् । एमाले पोलिटव्युरो सदस्यसमेत रहेकी साहले २० हजार २५१ मतका साथ निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी रामबाबुकुमार यादवले १७ हजार २६९ मत प्राप्त गरे । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहेका यादव ०७४ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

यादवलाई पराजित गरेकी साह भने ०७४ को निर्वाचनमा ३९१० बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । यस क्षेत्रमा गठबन्धनबाट लोकतान्त्रिक समाजवादीका लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गरेका छन् । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गरेकी हुन् ।

साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद हुन् । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा ३ मा भने जसपासंग मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस