महोत्तरी–१ (ख) : मधेश प्रदेशका गृहमन्त्री साह निर्वाचित

वर्दिवास । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह महोत्तरी क्षेत्र नम्वर १ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

साहले जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामश्रेष्ठ महतोलाई २ हजार ५०० मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका प्रभावशाली नेता साहले ८ हजार ३७१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी महतोले ५ हजार ८७१ मत ल्याए ।

Author:



क्याटोगरी छान्‍नुहोस