सप्तरी ४ (ख) मा स्वतन्त्र उम्मेदवार सिंह निर्वाचित

राजविराज – सप्तरी क्षेत्र नम्बर ४ (ख) मा स्वतन्त्र उम्मेदवार अनिरुद्रकुमार सिंह निर्वाचित भएका छन् । सिंहले जनता समाजवादी पार्टीका उम्मेदवार अभिषेक यादवलाई २ हजार ६५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

सिंहले ९ हजार ९८५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी अभिषेकले ७ हजार ९२० मत ल्याए।

विजयी भएका अनिरुद्र मनोनयनको अघिल्लो दिनसम्म जसपाकै केन्द्रिय सदस्य थिए । पार्टीले प्रदेशसभामा उनलाई टिकट नदिई रेणु यादवका छोरासमेत रहेका निवर्तमान प्रदेशसभा सदस्य अभिषेक यादवलाई टिकट दिएको थियो । यादवले टिकट पाएपछि सिंह स्वतन्त्र उम्मेदवार बनेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस