सुनसरी–१ बाट जसपाका अशोककुमार राई निर्वाचित

धरान । सुनसरी–१ बाट जनता समाजवादी पार्टी (जसपा) का अशोककुमार राई निर्वाचित भएका छन् ।

राईले राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन)लाई ४५३ मतान्तरले हराउँदै जित निकालेका हुन् । राईले १७ हजार ५९ मत ल्याएका छन् ।

तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । त्यस्तै, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदार मुक्सामहाङ मेन्याङ्बोले १३ हजार ८७ मत ल्याए । राप्रपाका उम्मेद्वार अशोक राई (अविरल)ले ७ हजार ८८४ मत प्राप्त गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस