महोत्तरी–१ मा गिरिराजमणिलाई पराजित गर्दै एमालेका महतो निर्वाचित

महोत्तरी– महोत्तरी–१ मा नेकपा एमालेका लक्ष्मी महतो कोइली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई १३१ मतले उछिन्दै संघीय सांसदमा विजयी भएका हुन् ।

महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार ४०१ र पोखरेलले २३ हजार ३७० मत प्राप्त गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780